आईपीएल : चेन्नई सुपर किङ्सकाे सानदार जित

 असोज १९, २०७७ सोमबार ५:५५:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविकको उप-विजेता चेन्नई सुपर किङ्सले दोस्रो जित निकालेको छ । यूएईमा राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई १० विकेटले पराजित गर्दै चेन्नईले दोस्रो जित निकालेको हो ।

यूएई क्रिकेट मैदानमा पन्जाबले दिएको १ सय ७९ रनको लक्ष्य चेन्नईले १७ ओभर ४ बलमा बिना विकेटको क्षतिमा पूरा गर्यो । चेन्नईको जितमा फाप डु प्लेसिस र शेन वाट्सनले सानदार ब्याटिङ गरे । 

पहिलो विकेटका लागि प्लेसिस र वाट्सनले अविजित रहँदै १ सय ८१ रनको साझेदारी गरे । प्लेसिस ५३ बलमा ११ चौका र १ छक्कासहित ८७ रनमा अविजित रहे । वाट्सनले ५३ बलमा ११ चौका र ३ छक्कासहित अविजित ८३ रन जोडे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७८ रन बनाएको थियो । पन्जाबको लागि कप्तान केएल राहुलले ६३ रनको अर्धशतकीय​इनिङ्स खेले । निकोलस पुरन ३३ रन जोड्दा आउट भए । जितसँगै चेन्नईले ५ खेलमा ४ अंक जोडेको छ । चेन्नई तालिकाको छैठौं स्थानमा समेत उक्लिएको छ । 

पन्जाबले ५ खेलमा २ अंक जोडेको छ । पन्जाब पुछारमा रहेको छ ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया