दशैंको बेला ललितपुरमा हुने जात्रा र नाचलाई पूजामा मात्र सीमित गरिने

 असोज २२, २०७७ बिहिबार ११:४०:१ | सिल्भिया राजोपाध्याय
unn.prixa.net

ललितपुर - दशैंमा पाटन दरबार क्षेत्र केन्द्रीत भएर गरिने विभिन्न जात्रा तथा नाचहरुलाई यस वर्ष पूजाविधिमा मात्र सीमित गरिने भएको छ ।  कोरोनाको कारण दरबार क्षेत्र केन्द्रीत भएर गरिने विभिन्न जात्रा तथा नाचहरुलाई यस वर्ष पूजामा मात्र सीमित गरिने निर्णय भएको महा-नगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिनु भयो।

दशैंका बेला मनाइने श्री मानमानेश्वरी भगवतीको खड्ग जात्रा (पायाः), अष्टमातृका नाच (गं प्याखं), ठेचोको नवदुर्गा नाच (गथु प्याखं) लगायतका नाच तथा जात्रा परम्परादेखि संचालन भइरहेका पूजाविधिमा मात्र सीमित गरिने निर्णय भएको उहाँले बताउनु भयो। 

ललितपुर महानगरपालिकाको संयोजकत्वमा गुथि संस्थान कार्यालय ललितपुर, जात्रा पर्वसँग सम्बन्धित सरोकारवाला संस्था र स्थानीय गुठियारसमेत सहभागी बैठकले यस्तो निर्णय गरेको उहाँले बताउनु भयो।  
 

अन्तिम अपडेट: चैत ८, २०८०

सिल्भिया राजोपाध्याय

सिल्भिया राजोपाध्याय उज्यालोमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया