आईपीएलमा हैदराबादले पन्जाबलाई ६९ रनले हरायो

 असोज २३, २०७७ शुक्रबार ६:३१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ -  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले किङ्स इलाभेन पन्जाबलाई हराएको छ । 

राति भएको खेलमा हैदराबादले पन्जाबलाई ६९ रनले पराजित गरेको हो । यूएईकाे अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हैदराबादले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको पन्जाब १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३२ रनमा समेटियो ।

पन्जाबका लागि निकोलस पुरनले ७७ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । त्यसबाहेक पन्जाबका सिमरन सिंह र केएल राहुलले ११/११ रन जोडे । हैदराबादका राशिद खानले ३ विकेट लिए ।

यस्तै खलिल अहमेद र टी नटराजनले २/२ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर २ सय १ रन बनाएको थियो । हैदराबादका लागि ओपनरद्वय जोनी बेयरस्टो र कप्तान डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले । बेयरस्टो ९७ रनको अर्धशतकीय इनिङ्स खेल्दा वार्नरले ५२ रनमा आउट भए ।

पहिलो विकेटका लागि बेयरस्टो र वार्नरले १ सय ६० रनको साझेदारी गरेका थिए । यस्तै अविशेक शर्माले १२ रन जोड्दा केन विलियम्सन २० रनमा अविजित रहे बनाए । पन्जाबका रवि विश्नोईले २ विकेट लिए । आर्शदिप सिंहले २ तथा मोहमद शामीले १ विकेट लिए । जितसँगै हैदराबादले ६ खेलमा ६ अंक जोडेको छ । ६ खेलमा २ अंक जोडेको पन्जाब पुछारमा छ ।

 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया