खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डौ - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले चौथाे जित निकालेको छ ।
राति साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ३७ रनले हराउँदै बेङ्ग्लोरले चौथाे जित निकालेको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बेङ्ग्लोरले दिएको १ सय ७० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो ।
चेन्नईका लागि अम्बाती रायाडुले सर्वाधिक ४२ रन बनाए । यस्तै नारायण जागाडिसनले ३३ रन जोड्दा शेन वाट्सनले १४ र कप्तान महेन्द्र सिंह धोनीले १० रन बनाए । बेङ्ग्लोरका लागि क्रिस मोरिसले ३ विकेट लिए ।वासिङ्गटन सुन्दरको नाममा २ विकेट रह्यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो । बेङ्ग्लोरका लागि कप्तान विराट कोहलीले अविजित रहँदै ९० रनको अर्धशतकीय इनिङ्स खेले । शिवम डुबेले अविजित २२ रन जोडे । यस्तै देवदूत पडीक्कलले ३३ रन जोड्दा वासिङ्गटन सुन्दरले १० रन बनाए । आरोन फिन्च २ रनमा आउट हुँदा एबी डी भिलियर्स शून्य रनमा आउट भए ।
चेन्नईका सार्दुल ठाकुरले २ तथा साम करण र दिपक चाहरले १/१ विकेट लिए । जितसँगै बेङ्ग्लोर तालिकाको चौथाे स्थानमा उक्लिएको छ । बेङ्ग्लोरले ६ खेलमा ८ अंक जोडेको छ । छैठाैँ स्थानको चेन्नईको यो पाँचौं हार हो । ७ खेलमा चेन्नईले ४ अंक जोडेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।