फ्रेन्च ओपन टेनिसको महिलातर्फको उपाधि पोल्याण्डकी स्विटेकलाई

 असोज २५, २०७७ आइतबार १०:४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - फ्रेन्च ओपन टेनिसको महिलातर्फको उपाधि पोल्याण्डकी इगा स्विटेकले जितेकी छन् ।

पेरिसमा भएको फाइनलमा अमेरिकी खेलाडी सोफिया केनिनलाई ६-४ र ६-१ को सेटमा हराएर स्विटेकले पहिलो पटक उपाधि जितेकी हुन् । १९ वर्षकी स्विटेक ग्राण्डस्लामको फाइनलमा पहिलो पटक पुगेकी हुन् । उनले चौंथो वरियताकी केनिनलाई हराएर उपाधि हात पारिन् ।

५४ औं वरीयताकी स्विटेक सन् १९७५ पछि महिलातर्फ फाइनल पुग्ने तल्लो वरीयताकी पहिलो खेलाडी हुन् ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया