आईपीएल २०२० : राजस्थानले हैदराबादलाई ५ विकेटले हरायाे

 असोज २५, २०७७ आइतबार १९:४७:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आइतबार भएको पहिलो खेलमा राजस्थान रोयल्सले रोमाञ्चक जित निकालेको छ । 

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा राजस्थानले सनराइजर्स हैदराबादलाई पाँच विकेटले हराएको हो । 

टस जितेर पहिल] ब्याटिङ गरेको सनराइजर्सले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ५८ रन बनाएको थियो । उसका लागि कप्तान डेभिड वार्नरले ४८ रन र मनिष पाण्डेले ५४ रन बनाए । बलिङतर्फ राजस्थानका लागि जोफ्रा आर्चर, कार्तिक त्यागी र जयदेव उनादकटले समान एक एक विकेट लिए । 

एक सय ५९ रनको लक्ष्य पछ्याएर मैदानमा उत्रिएको राजस्थानले एक बल बाँकी छँदा भेट्यायो । उसका लागि राहुल तेवतियाले ४५ र रियान परागले ४२ रनको नटआउट पारी खेले । बलिङतर्फ खलील अहमद र राशिद खानले समान दुई दुई विकेट लिए । 

यो खेलमा दुई अङ्क बटुल्दै राजस्थान छैटौँ स्थानमा उक्लिएको छ भने सनराइजर्स पाँचौँ स्थानमा छ । 

यसैबीच अहिले दोस्रो खेलमा मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स खेल्दै छन् । यो खेलमा दिल्ली टस जितेर पहिले ब्याटिङ गर्दैछ ।  

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया