प्रिमियर लिगको नयाँ सिजन सुरु, युनाइटेडको विजयी सुरुवात

 साउन २६, २०७५ शनिबार ८:१२:२६ | एजेन्सी

इंग्ल्याण्डको शीर्ष डिभिजनको फुटबल इंग्लिस प्रिमियर लिगको नयाँ सिजन सन् २०१८–१९ आजदेखि सुरु भएको छ ।

म्यानचेस्टर युनाइटेड र लेस्टर सिटीको खेलसँगै प्रिमियर लिगको ९ महिने सिजन सुरु भयो । घरेलु मैदान ओर्ल्ड ट्राफोटमा विश्व विजेता फ्रान्सेली मिडफिल्डर पाउल पोग्बाको प्रेरणामा युनाइटेडले लेस्टरलाई २–१ गोलले हराउँदै लिगमा सुखद सुरुवात गरेको छ ।

खेल सुरु भएको तेस्रो मिनेटमा नै पाउल पोग्बाले पेनाल्टीमार्फत घरेलु टोलीलाई अग्रता दिलाएका थिए । लेस्टरका ड्यानियल अमाटीले डिबक्सभित्र ह्याण्ड गरेपछि पाएको पेनाल्टी अवसरलाई पोग्वाले सदुपयोग गरेका थिए ।

पहिलो हाफमा अग्रता बनाएको युनाइटेडका लागि ८३औं मिनेटमा इंग्लिस डिफेण्डर लुक शले अग्रता दोब्बर बनाए । उनले जुहाँन माटाको पास सदुपयोग गरेका थिए ।

खेलको इन्ज्यूरी समयमा लेस्टरका लागि जेरेमी भार्डीले सान्त्वना गोल फर्काए पनि खेलमा फर्कन ढिला भइसकेको थियो ।

गत सिजन म्यान्चेस्टर युनाइटेडले दोस्रो तथा लेस्टरले नवौं स्थानमा रहेर लिग सकाएका थिए । लिगमा आज ६ खेलहरु हुनेछन् । साँझ सवा पाँच बजे न्युकासल र टोटनह्याम भिड्नेछन् ।

त्यस्तै पौने ८ बजे ४ खेलहरु हुनेछन् । बर्नमाउथ र कार्डिफ सिटी, यसै सिजन बढुवा भएको फुलह्याम र क्रिष्टल प्यालेस, हडर्सफिल्ड टाउन र चेल्सी तथा वाटफोर्ड र ब्राइटन भिड्नेछन् । त्यस्तै राति सवा १० बजे ओल्भरह्याम्टन र एभर्टनबीच प्रतिस्पर्धा हुनेछ ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया