आईपीएल २०२० : टस जितेको बेङ्ग्लोर कोलकाताविरुद्ध ब्याटिङ गर्दै

 असोज २६, २०७७ सोमबार १९:५४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा अहिले रोयल च्यालेन्जर्स बेङ्ग्लोर र कोलकाता नाइट राइडर्स खेलिरहेका छन् । शारजाह क्रिकेट स्टेडियममा भइरहेको खेलमा टस जितेको बेङ्ग्लोरले ब्याटिङ गरिरहेको छ । 

बेङ्ग्लोरको कप्तानी विराट कोहलीले सम्हालेका छन् भने कोलकाताको कप्तानी दिनेश कार्तिकले सम्हालेका छन् । 

१३ औँ संस्करणको प्रतियोगिता चलिरहँदा बेङ्ग्लोर र कोलकाताको प्रदर्शन एकै छ । यी दुवै टिमले ६ खेलमा चार खेल जित्दै आठ अङ्क बटुलेका छन् । तर नेट रन रेटका आधारमा कोलकाता तेस्रो स्थानमा छ भने बेङ्ग्लोर चौथो स्थानमा छ । 

यस्तो छ कोलकाताको प्लेइङ ११ : राहुल त्रिपाठी, शुभमान गिल, टम ब्यानटम, नितिश राना, इयन मर्गन, दिनेश कार्तिक, आन्द्रे रसेल, प्याट कमिन्स, कमलेश नगरकोटी, प्रसिध कृष्ण र वरुण चक्रवर्ती ।

यस्तो छ बेङ्ग्लोरको प्लेइङ ११ : देवदत्त पडिक्कल, एरोन फिन्च, विराट कोहली, एबी डी भिलियर्स, वाशिङ्टन सुन्दर, शिवम् दुबे, क्रिस मरिस, इसुरु उडाना र नवदीप सैनी ।   

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया