आईपीएल २०२० : सनराइजर्स र चेन्नई खेल्दै

 असोज २७, २०७७ मंगलबार १९:४४:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा अहिले सनराइजर्स हैदराबाद र चेन्नई सुपर किङ्ग्स खेलिरहेका छन् । 

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भइरहेको खेलमा टस जितेको चेन्नई पहिला ब्याटिङ गरिरहेको छ । लिगमा आजदेखि दोस्रो चरणको खेल सुरु भएको हो । 

यसअघिका प्रतियोगितामा निकै बलियो देखिएको चेन्नई यो संस्करणमा भने निकै कमजोर देखिएको छ । अहिलेसम्म सात खेलेको चेन्नईले मात्र दुई खेल जितेको छ । ऊ अहिले अङ्क तालिकाको सातौँ स्थानमा छ ।  

सनराइर्स हैदराबादले पनि सात खेल खेलोकोमा तीन खेल मात्रै जितेको छ । ऊ अहिले अङ्क तालिकाको पाँचौँ स्थानमा छ । 

यस्तो छ चेन्नईको प्लेइङ ११ : शेव वाट्सन, फाफ डु प्लेसी, अम्बाती रायुडु, महेन्द्रसिंह धोनी, रवीन्द्र जडेजा, साम कुरन, ड्वेन ब्राभो, दीपक चाहर, शार्दुल ठाकुर, पियूष चावला र कर्ण शर्मा ।

यस्तो छ हैदराबादको प्लेइङ ११ : डेभिड वार्नर, जोनी बेयर्स्ट्रो, मनिष पाण्डे, केन विलियमसन, प्रियम गर्ग, विजय शङ्कर, राशिद खान, शहबाज नदीम, सन्दीप शर्मा, खलील अहमद र टी नटराजन । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया