आईपीएल २०२० : दिल्लीलाई शीर्ष स्थानमा उक्लिने मौका

 असोज २८, २०७७ बुधबार १९:४४:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इण्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा अहिले दिल्ली क्यापिटल्स र रोयल राजस्थान खेलिरहेका छन् । 

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भइरहेको खेलमा टस जितेको दिल्ली ब्याटिङ गरिरहेको छ । दिल्लीको टिममा नेपालका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध भए पनि उनी प्लेइङ ११ मा परेका छैनन् । यस सिजनमा उनले एक पटक पनि मौका पाएका छैनन् । 

प्रतियोगितामा दिल्लीले सात खेल खेल्दा पाँचमा विजयी हुँदै अहिले दोस्रो स्थानमा छ । आज उसलाई शीर्ष स्थानमा उक्लिने मौका छ । 
त्यस्तै राजस्थानले पनि सात खेल खेलेको भए पनि तीन खेलमा जित निकाल्दै सातौँ स्थानमा छ । आजको खेलमा राजस्थानलाई पहिलो चरणको खेलमा दिल्लीसँगको हारको बदला लिने मौका छ । 

यस्तो छ राजस्थानको प्लेइङ ११ : बेन स्टोक्स, जोस बटलर, स्टेभेन स्मिथ, सन्जु सामसन, रोबिन उथापा, रियान पराग, राहुल तेबतिया, जोफ्रा आर्चर, श्रेयस गोपाल, जयदेव उनादकट र कार्तिक त्यागी । 
यस्तो छ दिल्लीको प्लेइङ ११ : पृथ्वी श, शिखर धवन, अजिन्क्या रहाने, श्रेयस अय्यर, मार्कस स्टोइनिस, एलेक्स केरी, अक्षर पटेल, रवीचन्द्रन आश्विन, तुषार देशपाण्डे, कागिसो रबाडा र एनरिच नोर्त्जे ।

अन्तिम अपडेट: कात्तिक २, २०७७

तपाईको प्रतिक्रिया