खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान राेयल्सले अर्को हार व्यहोरेको छ । बुधबार राति भएको खेलमा राजस्थान दिल्ली क्यापिटल्सले राजस्थान राेयल्सलाई १३ रनले पराजित गरेकाे हाे ।
टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले शिखर धवन र कप्तान श्रीयस ऐयर अर्धशतकीय पारिको मद्दतले राजस्थानविरुद्ध निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६१ रन बनायो । दिल्लीको सुरुवात भने राम्रो रहन सकेन । खाता नै नखोली पृथ्वी श आउट हुन पुगे । टिमको स्कोरबाेर्डमा १० रन भएका बेला अजिंका रहाने पनि पभेलियन फर्किएका थिए ।
सुरुकै दुई विकेट लिएर राजस्थानको जोफ्रा आर्चरले दिल्लीलाई दबाबमा ल्याएका थिए । त्यसपछि श्रीखर धवन र श्रीयस अय्यरले ८५ रनको साझेदारी गर्दै टिमको स्कोर ९५ रन पुगाए । तेस्रो विकेटको रुपमा अर्धशतकीय पारि खेलेका धवन आउट हुन पुगे । धवनले ३३ बलमा ६ चौका र २ छक्कासहित ५७ रन बनाएर आउट भएका हुन् । तर धवन आईपीएलमा सर्वाधिक ३९ अर्धशतक बनाउने पहिलो भारतीय खेलाडी भने बनेका छन् ।
त्यसपछि टिमको स्कोर १३२ रन भएका बेला कप्तान अय्यर पनि अर्धशतकिय पारीका साथ बिदा भए । उनले ४३ बलमा तीन चौका तथा दुई छक्काको सहारमा ५३ रन बनाए । मार्कस स्टोनिस १८ तथा एलेक्स केरी १७ रन बनाएर आउट हुँदा अक्सर पटेल पनि ७ रनमा पभेलियनको बाटो लागे ।
राजस्थानका जोफ्रा आर्चरले तीन विकेट लिँदा जयदेव उनादकटले २ विकेट लिए । कार्तिक त्यागी र श्रीयस गोपालले एक/एक विकेट बाँडे । जवाफमा राजस्थानले २० ओभरमा सात विकेट गुमाउँदा एक सय ६१ रनमा रोकियो । ३७ रनमा पहिलो विकेट गुमाएको राजस्थानले ४० रनमा दोस्रो खेर फालेको थियो । उसको स्कोर एक सय १० रन हुँदा पाँच विकेट झरेको थियो ।
राजस्थानका लागि जोस बट्लरले २२ रन बनाए भने बेन स्टोकले ४१, सञ्जु सामसानले २५ रन बनाए । यस्तै रविन उथप्पाले ३२ रन जोडे । राजस्थानका कप्तान स्टिभ स्मिथ एक रनमा आउट भए भने रियान प्राग पनि एक रनमा रनआउट भए । अन्तिममा राउल टेवाटियाले १४ रन बनाए पनि टिमलाई हारबाट बचाउन पर्याप्त बनेन । दिल्लीका लागि तुसार देशपाण्डे र एनरिच नोर्जीले दुई/दुई विकेट लिए ।
जितपछि दिल्लीले आठ खेलमा १२ अंक बनाएको छ । उसले अहिलेसम्म ६ खेलमा जित निकालेको छ । राजस्थानका भने यो प्रतियोगितामा पाँचौं हार हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।