आईपीएल : राजस्थानले बैंग्लोरलाई दियो १ सय ७८ रनको लक्ष्य

 कात्तिक १, २०७७ शनिबार १८:४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई १ सय ७८ रनको लक्ष्य दिएको छ ।

यूएईको दुबई क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७७ रन बनायो । उसका लागि कप्तान स्टिभ स्मिथले सर्वाधिक ५७ रन बनाए । यस्तै रोविन उथापाले ४१, जोस बटलरले २४, राहुल तेवाटियाले १९, बेन स्टोक्सले १५ र सञ्जु सामसनले ९ रन बनाए ।

बैंग्लोरका क्रिस मोरिसले ४ र यजुवेन्द्र चहालले २ विकेट लिएका छन् । बैंग्लोर १० अंकसहित तेस्रो स्थानमा छ भने राजस्थान ६ अंकसहित सातौँ स्थानमा छ । आईपीएलमा आजै राति पौने ८ बजे दिल्ली क्यापिटल्स र चेन्नाई सुपर किंग्स सारजाँह क्रिकेट रंगशालामा प्रतिस्पर्धा गर्नेछन् । गए  राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराउँदै मुम्बई इण्डियन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया