मुम्बईले टस जित्याे, पञ्जाबविरुद्ध ब्याटिङ गर्दै

 कात्तिक २, २०७७ आइतबार १९:४६:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा अहिले मुम्बई इण्डियन्स र किङ्ग्स एलाभेन पञ्जाब खेलिरहेका छन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भइरहेको खेलमा अहिले टस जितेको मुम्बई ब्याटिङ गरिरहेको छ । 

अङ्क तालिकाको दोस्रो स्थानमा रहेको मुम्बई यो खेल जित्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिने प्रयासमा हुनेछ । यता अङ्क तालिकाको पुछारमा रहेको पञ्जाब यो खेलमा जित निकाल्दै प्लेअफमा यात्रा जीवितै राख्न चाहन्छ । 

आठ खेल खेलेको मुम्बईले ६ खेल जित्दै १२ अङ्क जोडेको छ । पञ्जाबले भने आठ खेलमा दुई खेलमात्र जित्दै चार अङ्क जोडेको छ । 

यस्तो छ मुम्बईको प्लेइङ ११ : रोहित शर्मा, क्विन्टन डी कक, सूर्यकुमार यादव, इशान किशन, हार्दिक पाण्डेया, कायरन पोलार्ड, क्रुनल पाण्डेया, नाथन कल्टर नायल, राहुल चाहर, ट्रेन्ट बोल्ट र जसप्रित बुमराह ।

यस्तो छ पञ्जाबको प्लेइङ ११ : केएल राहुल, मयङ्क अग्रवाल, क्रिस गेल, निकोलस पूरन, ग्लेन म्याक्सवेल, दीपक हूडा, क्रिस जोर्डन, मुरुगन आश्विन, मोहम्मद शामी, रवी बिश्नोई र अर्शदीप सिंह ।  

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया