सुपर ओभरमा काेलकातासँग हार्‍याे हैदराबाद

 कात्तिक २, २०७७ आइतबार २०:४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार भएकाे पहिलाे खेलमा काेलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई हराएकाे छ । ​

काेलकाताले हैदराबादलाई सुपर ओभरमा हराएकाे हाे । सुपर ओभरमा हैदराबादले दिएकाे तीन रनकाे लक्ष्य काेलकाताले चाैथाे बलमा पूरा गर्‍याे ।

सुपर ओभरमा पहिले ब्याटिङका लागि डेभिड वार्नर र र जाेनी बेयर्स्ट्राे क्रिजमा आएका थिए । काेलकाताका लागि लकी फर्गुसनले पहिलाे बलमा नै वार्नरलाई बाेल्ड आउट गरे । त्यसपछि क्रिजमा आएका अब्दुल समादले दाेस्राे बलमा दुई रन जाेडे । तेस्राे बलमा फर्गुसनले समादलाई पनि बाेल्ड आउट गरेपछि काेलकाताले तीन रनकाे लक्ष्य पाएकाे हाे । 

तीन रनकाे लक्ष्य पाएकाे काेलकाताका लागि क्रिजमा इयन मर्गन र दिनेश कार्तिक आएका थिए । हैदराबादका लागि राशिद खानले पहिलाे बल मर्गनलाई डट राखे । दाेस्राे बलमा मर्गनले एक रन लिएका थिए । क्रिजमा रहेका कार्तिकले तेस्राे बल डट खेले, चाैथाे बलमा काेलकाताले दुई रन लेग बाइबाट पाएसँगै हैदराबाद सुपर ओभरमा पराजित भएकाे हाे ।  

यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे काेलकाताले २० ओभरमा​ पाँच विकेट गुमाउँदै एक सय ६३ रन बनाएकाे थियाे । उसका लागि कप्तान इयन मर्गनले ३४, दिनेक कार्तिकले अविजित २९ र नितिश रानाले २९ रन बनाए ।

खेलकाे बीचमा धरासायी बनेको कोलकाताको पारी उकास्न कप्तान मर्गन र कार्तिकले ५८ रनको साझेदारी गरेका थिए ।  

बलिङतर्फ हैदराबादका लागि टी नटराजनले दुई विकेट लिँदा बसिल थम्पी, विजय शङ्कर र राशिद खानले समान एकएक विकेट लिए । 

एक सय ६४ रनकाे लक्ष्य पछ्याएर ब्याटिङमा उत्रिएकाे हैदराबाद २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ६४ रन मात्रै बनाउन सक्याे । उसका लागि डेभिड वार्नरले अविजित ४७, जाेनी बेयर्स्ट्राेले ३६ र केन विलियमसनले २९ र अब्दुल समादले २३ रन बनाए ।

बलिङतर्फ लकी फर्गुसनले तीन विकेट लिए । साथै प्याट कमिन्स, शिवम् माभी र वरुण चक्रवर्तीले समान एक–एक विकेट लिए ।

याे जितसँगै १० अङ्कका साथ काेलकाता तालिकाकाे चाैथाे स्थानमा उक्लिएकाे छ भने हैदराबाद ६ अङ्कसहित पाँचाैँ स्थानमा छ । 

यसैबीच दाेस्राे खेलमा मुम्बई र पञ्जाब खेलिरहेका छन् । अहिले टस जितेकाे मुम्बई ब्याटिङ गरिरहेकाे छ ।  

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया