आईपीएल २०२० : तालिकाकाे पुछारमा रहेकाे राजस्थान र साताैँ स्थानमा रहेकाे चेन्नई खेल्दै

 कात्तिक ३, २०७७ सोमबार १९:४४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा अहिले चेन्नई सुपर किङ्ग्स र राजस्थान रोयल्स खेलिरहेका छन् । आबुधाबीको शेख जयेद स्टेडियममा भइरहेको खेलमा टस जितेको चेन्नई ब्याटिङ गरिरहेको छ । 

अङ्क तालिकाको पुछारमा रहेको राजस्थान र सातौँ स्थानमा रहेको चेन्नई खेलिरहेका हुन् । 

यो खेलमा चेन्नईले वेस्ट इण्डिजका अलराउण्डर ड्वेन ब्राभोको ठाउँमा अस्ट्रेलियाका बलर जोश हेजलवुड र कर्ण शर्माको ठाउँमा पियूष चावलाई खेलाएको छ । राजस्थानले जयदेव उनादकटको ठाउँमा अङ्कित राजपूतलाई खेलाएको छ । 

यस्तो छ राजस्थानको प्लेइङ ११ : रोबिन उथापा, बेन स्टोक्स, सन्जु सामसन, स्टेभेन स्मिथ, जोस बटलर, रियान पराग, राहुल तेबतिया, जोफ्रा आर्चर, श्रेयस गोपाल, अङ्कित राजपूत र कार्तिक त्यागी । 

यस्तो छ चेन्नईको प्लेइङ ११ : फाफ डु प्लेसी, साम कुरन, शेन वाट्सन, अम्बाती रायुडु, महेन्द्रसिंह धोनी, रविन्द्र जडेजा, केदार जाधव, दीपक चाहर, पियूष चावला, शार्दुल ठाकुर र जोश हेजलवुड । 

अन्तिम अपडेट: कात्तिक ४, २०७७

तपाईको प्रतिक्रिया