आईपीएलमा दिल्ली र पञ्जाब खेल्दै

 कात्तिक ४, २०७७ मंगलबार १९:४५:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा अहिले किङ्ग्स एलाभेन पञ्जाब र दिल्ली क्यापिटल्स खेलिरहेका छन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भइरहेको खेलमा टस जितेको दिल्ली ब्याटिङ गरिरहेको छ ।

१३ औँ शृङ्खलाको प्रतियोगितामा निकै बलियो देखिएको दिल्ली १४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नौ खेल खेलेको दिल्ली सात खेलमा विजयी भएको छ । 

यता नौ खेल खेलेको पञ्जाबको ६ अङ्क छ । उसले तीन खेलमा जित तथा ६ खेलमा हार व्यहोरेको छ । प्लेअफको सम्भावना कायम राख्न पञ्जाब यो खेल जित्नैपर्ने दबाबमा छ । 

यो खेलमा पनि नेपालका लेग स्पिनर सन्दीप लामिछानेले मौका पाएनन् । यो संस्करणमा सन्दीपले एक खेल पनि खेल्न पाएका छैनन् । 

यस्तो छ दिल्लीको प्लेइङ ११ : पृथ्वी श, शिखर धवन, श्रेयस गोपाल, रिषभ पन्त, सिमरन हेटमाइर, ड्यानएल साम्स, मार्कस स्टोइनिस, अक्षर पटेल, रविचन्द्रन अश्विन, कागिसो रबाडा र तुषार देशपाण्डे ।

यस्तो छ पञ्जाबको प्लेइङ ११ : केएल राहुल, मयङ्क अग्रवाल, क्रिस गेल, निकोलस पूरन, ग्लेन म्याक्सवेल, दीपक हूडा, जेम्स नीशाम, मुरुगन अश्विन, मोहम्मद शामी, रवि बिश्नोई र अर्शदीप सिंह । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया