आईपीएलमा काेहली र मर्गनकाे टिम खेल्दै

 कात्तिक ५, २०७७ बुधबार १९:४४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा अहिले कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्ग्लोर खेलिरहेका छन् । 

दुबईको शेख जयेद स्टेडियममा भइरहेको खेलमा टस जितेको कोलकाताले ब्याटिङ गरिरहेको छ । १३ औँ संस्करणको प्रतियोगिता चहिरहँदा बेङ्ग्लोर कोलकाताभन्दा एक स्थान माथि छ । 

नौ खेलमा ६ खेल जितेको बेङ्ग्लोर १२ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । नौ खेलमा पाँच खेल जितेको कोलकाता १० अङ्कसहित चौथो स्थानमा छ । 

यसअघिका संस्करणमा भन्दा यो संस्करणमा बेङ्ग्लोर बलियो देखिएको छ । अहिलेकै लयलाई कायम राख्ने हो भने बेङ्ग्लोर प्लेअफमा पुग्न सक्छ । 

यस्तो छ बेङ्ग्लोरको प्लेइङ ११ : देवदत्त पड्डिकल, एरोन फिन्च, विराट कोहली, एबी डी भिलियर्स, गुरकीरत सिंह मन, वाशिङ्टन सुन्दर, क्रिस मरिस, इसुरु उडाना, मोहम्मद शिराज, नवदीप सैनी र युजवेन्द्र चहल ।

यस्तो छ कोलकाताको प्लेइङ ११ : शुबमन गिल, टम ब्यान्टन, नितिश राना, इयन मर्गन, दिनेश कार्तिक, राहुल त्रिपाठी, प्याट कमिन्स, लकी फर्गुसन, कुलदीप यादव, प्रसिध कृष्ण र वरुण चक्रवर्ती । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया