खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्ग्लाेरले सातौं जित निकालेको छ ।
यूएईको शेख जायद क्रिकेट मैदानमा राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै बेङ्ग्लाेरले सातौं जित निकालेको हो । कोलकत्ताले दिएको ८५ रनको लक्ष्य बेङ्ग्लाेरले १३ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।
बेङ्ग्लाेरको जितमा देवदूत पड्डीकलले २५ रन जोड्दा आरोन फिन्चले १६ रन बनाए । यस्तै गुर्किरात सिंह २१ रनमा अविजित रहँदा कप्तान विराट कोहली १८ रनमा अविजित रहे । कोलकत्ताका लक्की फर्गुसनले १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर ८४ रन बनाएको थियो ।
कोलकत्ताका लागि कप्तान इयान मोर्गनले सर्वाधिक ३० रन बनाए । लक्की फर्गुसनले अविजित १९ रन जोड्दा कुलदिप यादवले १२ रन बनाए । त्यस्तै टम बानटनले १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । बेङ्ग्लाेरका मोहमद सिराजले ८ रन खर्चिएर ३ विकेट लिए । यस्तै युजभेन्द्र चाहलले २ तथा नाभदिप शैनी र वासिङ्गटन सुन्दरले १/१ विकेट लिए ।
कोलकत्तालाई हराएसँगै बेङ्ग्लाेर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । बेङ्ग्लाेरको १० खेलमा ७ जितसहित १४ अंक छ । कोलकत्ताले १० खेलमा १० अंक जोडेको छ । कोलकत्ता लिगको चौंथो स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।