खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - विश्व फुटबल महासंघ (फिफा) को वरियतामा नेपालको स्थान यथावत् छ ।
कोरोना भाइरसको महामारीका कारण कुनै पनि खेल नखेलेका कारण नेपालको वरियतामा फेरबदल नभएको हो । फिफाले पछिल्लो पटक बिहीबार जारी गरेको वरियतामा नेपाल १ सय ७० औं स्थानमा कायमै छ । कोरोनाका कारण चैत्रयता फुटबल प्रतियोगिता हुन पाएको छैन ।
नेपालले आउँदो महिना भने बङ्गलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ । दक्षिण एशियाली राष्ट्रको वरियतामा भने नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अगाडि भारत १ सय ८ औं स्थानमा छ । यस्तै माल्दिभ्स १ सय ५५, भुटान १ सय ८९, बङ्गलादेश एक १ सय ८७, श्रीलङ्का २ सय ६ तथा पाकिस्तान २ सय औं स्थानमा छ ।
विश्व वरियताको शीर्ष स्थानमा भने बेल्जियम कायमै छ । फ्रान्स, ब्राजिल, बेलायत र पोर्चुगल वरियताका क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।