आईपीएलको शीर्ष स्थानमा मुम्बई, प्लेअफ पुग्ने चेन्नईकाे सम्भावना लगभग सकियाे

 कात्तिक ८, २०७७ शनिबार ६:४७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्स शीर्ष स्थानमा उक्लिएको छ ।

हारपछि प्लेअफ पुग्ने चेन्नई सुपर किग्ङ्सकाे सम्भावना लगभग सकिएकाे छ । आईपीएलको इतिहासमा पहिलो पटक चेन्नई लिग चरणबाट नै बाहिरिने अवस्थामा पुगेकाे हो । शुक्रबार राति भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११४ रनमात्र बनाउन सक्यो ।

१ सय १५ रनको लक्ष्य पाएको मुम्बईले १२ ओभर २ बलमा विना विकेटको क्षतिमा पूरा गर्‍याे । जितसँगै मुम्बईको १० खेलमा १४ अङ्क भएको छ । दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेङ्ग्लाेरको पनि १४ अङ्क नै भए पनि रन रेटका आधारमा मुम्बई लिगको शीर्ष स्थानमा पुगेको हो । 

अन्तिम अपडेट: कात्तिक १४, २०७७

तपाईको प्रतिक्रिया