अशोक विनायकको जात्रा काष्ठमण्डप र सिहंसत्तलमा मात्र सीमित गरिने

 कात्तिक ८, २०७७ शनिबार ८:३४:४१ | सिल्भिया राजोपाध्याय
unn.prixa.net

काठमाण्डौ - मरू टोलमा अवस्थित अशोक विनायकको जात्रा यसपालि साधारण किसिमबाट मात्र गरिने भएको छ।

कोरोना सङ्क्रमणका कारण यसपालि जात्रा साधारण किसिमबाट मात्र गरिन लागेको हो । दशैँको महाअष्टमीबाट सुरु हुने जात्राको क्रममा अशोक विनायकको मूर्तिसहितको खतलाई काष्ठमण्डप र सिहंसत्तल मात्र केन्द्रीत गरिने अशोक विनायक गुथिका अध्यक्ष तीर्थमान महर्जनले जानकारी दिनु भयो ।

विगतमा फूलपातीको दिनमा मूर्तिलाई सफा गरेर अष्टमी, दशमी र एकादशीका दिन नायखिं बाजासहित काठमाण्डौको विभिन्न टोलमा परिक्रमा गराएर पूजा थाप्न लगाउने गरिन्थ्यो।  दशमीका दिन दरबारिया पूजा गरिनु पर्ने परम्परा अनुसार राष्ट्रपति निवासमा अशोक विनायकको मूर्तिसहितको खटलाई लगिन्थ्यो ।

अशोक विनायकको जात्रा दशै र पाहाँ चरेमा गरेर वर्षमा दुई चोटी हुने गर्दछ । 

अन्तिम अपडेट: चैत १०, २०८०

सिल्भिया राजोपाध्याय

सिल्भिया राजोपाध्याय उज्यालोमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया