आईपीएलमा आज २ खेल हुँदै

 कात्तिक ९, २०७७ आइतबार १२:४९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – १३ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार दुई खेल हुँदैछ । 

दिउँसो पौने ४ बजे हुने पहिलो खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोर र चेन्नई सुपर किङ्ग्स खेल्दै छन् । यी दुई बीचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुँदैछ । 

प्रतियोगितामा ११ खेलमा ८ मा हार व्यहोरेको चेन्नई यो खेलमा आफ्नो शाख जोगाउन चाहन्छ भने १० खेलमा ७ खेल जितेको बेङ्ग्लोर भने ठूलो जित निकाल्न चाहन्छ ।

बेङ्ग्लोर अहिले तेस्रो स्थानमा छ भने चेन्नई पुछारमा छ । 

त्यस्तै आइतबारको दोस्रो खेलमा राति पौने ८ बजे शेख जयेद स्टेडियममा राजस्थान रोयल्स र मुम्बई इण्डियन्स खेल्दै छन् । 

प्रतियोगिता चलिरहँदा मुम्बई १० खेलमा ७ जितसहित पहिलो स्थानमा छ । एक खेल बढी खेलेको राजस्थान भने चार खेलमा विजयी हुँदै ८ अङ्क जोडेको छ । राजस्थान सातौँ नम्बरमा छ ।    

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया