आईपीएल २०२० : मुम्बईले टस जित्यो, बेङ्गलाेर पहिले ब्याटिङ गर्दै

 कात्तिक १२, २०७७ बुधबार १९:४९:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा अहिले मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बेङ्गलाेर प्रतिस्पर्धा गरिरहेका छन् । 

आबुधाबीको शेख जयेद स्टेडियममा भइरहेको खेलमा टस हारेको बेङ्गलाेरले पहिले ब्याटिङ गरिरहेको छ । यो खेलमा पनि मुम्बईका नियमित कप्तान रोहित शर्मा खेलेका छैनन्, उनको ठाउँमा कायरन पोलार्डले कप्तानी सम्हालेका छन् । 

यो खेल जित्ने टिम प्लेअफमा पुग्ने पहिलो टिम बन्नेछ । प्रतियोगितामा समान ११/११ खेल खेलेका मुम्बई र बेङ्गलाेरको १४/१४ अङ्क छ । 

यस्ताे छ मुम्बईकाे प्लेइङ ११ : देवदत्त पड्डिकल, जाेश फिलिपे, विराट काेहली, एबी डी भिलियर्स, गुरकीरत सिंह मान, शिवम् दुबे, क्रिस मरिस, वाशिङ्टन सुन्दर, डेल स्टेन, माेहम्मद सिराज र युजवेन्द्र चहल ।

यस्ताे छ बेङ्गलाेरकाे प्लेइङ ११ : इशान किशन, क्विन्टन डी कक, सूर्यकुमार यादव, साैरभ तिवारी, हार्दिक पाण्डेया, कायरन पाेलार्ड, क्रुनल पाण्डेया, जेम्स प्याटिन्सन, राहुल चाहर, ट्रेन्ट बाेल्ट र जसप्रित बुमराह । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया