खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्स प्ले अफमा पुग्ने पहिलो टिम बनेको छ ।
यूएईमा राति भएको खेलमा चेन्नई सुपर किङ्ग्सले कोलकता नाइट राइडर्सलाई हराएसँगै मुम्बई प्ले अफमा पुगेको हो । चेन्नईले कोलकतालाई ६ विकेटले पराजित गरेको हो । कोलकताले दिएको १ सय ७३ रनको लक्ष्य चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो ।
तालिकाको पुछारमा रहेको चेन्नईले कोलकतालाई हराएपछि शीर्ष स्थानको मुम्बई प्ले अफ पुग्ने पहिलो टिम बनेको हो । मुम्बईले १२ खेलमा १६ अंक जोडेको छ । मुम्बई तालिकाको शीर्ष स्थानमा रहेको छ । अब बाँकी रहेका २ खेल गुमाए पनि मुम्बई शीर्ष चारमा रहनेछ ।
तालिकाको दोस्रो स्थानको रोयल च्यालेन्जर्स बेङ्ग्लाेर र तेस्रो स्थानको दिल्ली क्यापिटल्सले १२ खेलमा १४ अंक जोडेका छन् । यस्तै चौंथो स्थानको किङ्ग्स इलाभेन पन्जाब र पाँचौ स्थानमा रहेको कोलकताको समेत सम्भावना छ । पन्जाब र कोलकताले १२ खेलमा समान १२/१२ अंक जोडेका छन् ।
सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सको पनि प्ले अफमा पुग्ने सम्भावना रहेको छ । दुबैले १०/१० अंक जोडेका छन् । चेन्नई आईपीएलमा पहिलो पटक प्ले अफ पुग्न नसकेको हो । यूएईमा आईपीएलको १३ औं संस्करण चलिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।