आईपीएल क्रिकेटमा पञ्जाब र राजस्थान खेल्दै

 कात्तिक १४, २०७७ शुक्रबार १९:५५:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा अहिले किङ्ग्स एलाभेन पञ्जाब र राजस्थान राेयल्स खेलिरहेका छन् । ​आबुधाबीकाे शेख जयेद स्टेडियममा भइरहेकाे खेलमा टस जितेकाे राजस्थानले पहिले बलिङ गरिरहेकाे छ ।  

याे खेलले प्लेअफ समीकरणमा प्रभाव पार्ने भएकाेले दुवै टिमका लागि आजकाे खेल महत्तवपूर्ण छ । लगातार पाँच खेल जितेकाे पञ्जाब जितकाे लयलाई कायम राख्दै प्लेअफतर्फ अघि बढ्न चाहन्छ भने राजस्थान रायल्स आफ्नाे सम्भावना बनाइराख्न चाहन्छ । 

प्रतियाेगितामा दुवै टिमले समान १२/१२ खेल खेल्दा पञ्जाबकाे १२ अङ्क छ भने राजस्थानकाे १० अङ्क छ ।  

यस्ताे छ पञ्जाबकाे प्लेइङ ११ : केएल राहुल, क्रिस गेल, मन्दीप सिंह, निकोलस पूरन, ग्लेन म्याक्सवेल, दीपक हूडा, मुरुगन अश्विन, क्रिस जोर्डन, मोहम्मद शामी, रवि बिश्नोई र अर्शदीप सिंह ।

यस्ताे छ राजस्थानकाे प्लेइङ ११ : बेन स्टोक्स, रोबिन उथापा, सन्जु सामसन, स्टेभेन स्मिथ, जोस बटलर, रियान पराग, राहुल तेबतिया, जोफ्रा आर्चर, श्रेयस गोपाल, वरुण अरुण र कार्तिक त्यागी ।   

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया