संखुवासभाको ताम्कु अस्पतालमा भिडियो एक्सरे सेवा सुरु, एमबीबीएस डाक्टरकाे दरबन्दी तर अनमीकाे भर

 कात्तिक १७, २०७७ सोमबार १३:५९:१८ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभाको दुर्गम गाउँपालिका भनेर चिनिने सिलिचोङ गाउँपालिकाको ताम्कु अस्पतालमा भिडियो एक्सरे सेवा सुरु भएको छ ।

भौगोलिक रुपमा विकट र अहिले सम्म सदरमुकाम खाँदबारी देखि सिधा यातायातको सुविधाले नछोएको सिलिचोङ गाउँपालिकाको केन्द्र ताम्कुको अस्पतालमा भिडियो एक्सरे सेवा सुरु भएको हो । एकजना एमबीबीएस डाक्टरको दरबन्दी भएपनि अस्पताल अहेब र अनमीले सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ ।

पाँच वटा वडा रहेको सिलिङचोङका अहिलेसम्म १ सय भन्दा धेरै गर्भवती महिलाहरुको भिडियो एक्सरे सेवा लिएका छन् । गएको हप्ता देखि सुरु भएको एक्सरे सेवा ग्रामिण क्षेत्रमा अत्यन्तै प्रभावकारी भएको अस्पतालले जनाएको छ ।

वान हर्ट वर्ल्डाइड गैरसरकारी संस्थाले पाँच लाख रुपैयाँ बराबरको यूएसजी मेसिन र २१ दिने तालिम सहयोग गरेपछि ताम्कुको अस्पतालमा सेवा सुरु भएको हो । संस्थाको सहयोगमा झापाको आम्दा अस्पतालमा २१ दिने तालिम लिएर फर्किएकी अनमी इन्द्रकुमारी राईले गाउँमा नै भिडिओ एक्सरे सेवा प्रवाह गर्न थाल्नु भएको हो ।

अब दुई दिन सम्म पैदल यात्रा र धेरै खर्च गरेर सदरमुकाम खाँदबारी गएर भिडियो एक्सरे गरेर बच्चाको अवस्थाबारे जानकारी लिनु पर्ने बाध्यता समेत हटेको स्थानीयको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया