आईपीएलमा दिल्ली र बेङ्ग्लोर दुवै सुरक्षित : दिल्ली क्वालिफायरमा, बेङ्ग्लोर प्ले अफमा

 कात्तिक १८, २०७७ मंगलबार ६:२५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । 

यूएईको शेख जायद स्टेडियममा राति भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई ६ विकेटले पराजित गर्दै दिल्ली क्वालिफायरमा पुगेको हो । बेङ्ग्लोरले दिएको १ सय ५३ रनको लक्ष्य दिल्लीले १९ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।

दिल्लीको जितमा अजिन्का रहाणे र शिखर धवनले अर्धशतकीय पारी खेले । रहाणे ६० रन बनाएर आउट हुँदा धवनले ५४ रन बनाए । यस्तै कप्तान श्रेयस एयरले ७ रन जोड्दा पृथ्वी श ९ रनमा आउट भए । 

मार्कुस स्टोनिस १० र ऋषव पन्त ८ रनमा अविजित रहे । तर, नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने भने प्लेइङ सेटमा परेनन् । बेङ्ग्लोरका शाहबाज अहमेदले २ विकेट लिए । वासिङ्गटन सुन्दर र मोहमद सिराजले १/१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो । बेङ्ग्लोरका लागि देवदूत पडीकलले ५० रनको अर्धशतकीय पारी खेले । एबी डी भिलियर्सले ३५ रन र कप्तान विराट कोहलीले २९ रन बनाए । यस्तै शिवम् दुबेले १७ रन जोड्दा जोस फिलिपेले १२ रन जोडे । दिल्लीका एनरिच नोर्टजेले ३ विकेट लिए । 

कागिसो राबाडाले २ तथा रविचन्द्र आश्विनले १ विकेट लिए । जितसँगै दिल्लीले १४ खेलमा १६ अंक जोडेको छ । दिल्ली अंक तालिकाको दोस्रो स्थानमा रहदै क्वालिफायरमा पुगेको हो । दिल्लीले अब पहिलो क्वालिफायरमा शीर्ष स्थानमा रहदै प्ले अफ पुगेको मुम्बई इण्डियन्ससँग खेल्नेछ । 

पहिलो क्वालिफायरको विजेता फाइनलमा पुग्नेछ । पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्नेछ । दिल्लीसँग पराजित बेङ्ग्लोर पनि प्ले अफमा पुगेको छ । चौंथो स्थानको कोलकता नाइट राइडर्स भन्दा नेट रन रेटले अघि रहेपछि बेङ्ग्लोरले प्ले अफमा स्थान बनाएको हो । 

बेङ्ग्लोरले १४ खेलमा १४ अंक जोडेको छ । अब बेङ्ग्लोरले दोस्रो क्वालिफायरमा कोलकाता र सनराइजर्स हैदराबादमध्ये एक टिमसँग खेल्नेछ । क्वालिफायरमा पुग्ने अन्तिम टिमको टुंगो लिग चरणको अन्तिम खेलले तय हुनेछ । लिग चरणको अन्तिम खेलमा मुम्बई र हैदराबादबीच खेल हुनेछ ।

 मुम्बईले जित निकालेमा कोलकाता प्ले अफ पुग्नेछ । हैदराबादले जित निकालेमा कोलकता प्ले अफबाट बाहिरिनेछ ।
 

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया