स्वीचगियर फेर्न काठमाण्डौका विभिन्न ठाउँमा आज बिहान विद्युत् कटौती हुने

 कात्तिक १८, २०७७ मंगलबार ७:४:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल विद्युत् प्राधिकरणले आज काठमाण्डौका विभिन्न ठाउँमा विद्युत् कटौती गर्ने भएको छ ।

प्राधिकरणका सूचना अधिकारी लीला अर्यालका अनुसार काठमाण्डौको ग्रिड महाशाखाबाट स्युचाटार सबस्टेशनमा जडित ११ केभी क्षमताको स्वीचगियर बदली गरी नयाँ स्वीचगियर प्यानल जडान गर्नुपर्ने भएकाले विभिन्न ठाउँमा आज बिहान ७ देखि १० बजेसम्म विद्युत् कटौती हुन लागेको हो ।

प्राधिकरणका अनुसार यो सबस्टशेनबाट वितरित कुलेश्वर वितरण केन्द्र अन्तर्गत पर्ने स्वयम्भू, बलम्बु, कलङ्की, थानकोट, कालीमाटी र तहाचल लगायतका क्षेत्रमा विद्युत् कटौती हुनेछ । तोकिएको समयभन्दा अगाडि काम सकिए अगावै विद्युत् सेवा सञ्चालनमा आउने प्राधिकरणले जानकारी दिएको छ ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया