सबै खालका क्रिकेटबाट सन्न्यास लिने शेन वाट्सनको घोषणा

 कात्तिक १८, २०७७ मंगलबार १३:५१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अस्ट्रेलियाली अलराउण्डर शेन वाट्सनले सबै खालका क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् । ३९ वर्षीय क्रिकेटरले मङ्गलबार एक भिडियोमार्फत सन्न्यासको घोषणा गरेका हुन् । 

‘एउटा अध्याय बन्द हुन्छ र अर्काे नयाँ र उत्साहजनक अध्याय खुल्छ’, वाट्सनले आफ्नो भिडियोमा भनेका छन् । यस संस्करणको चेन्नई सुपर किङ्ग्सको अन्तिम खेल, किङ्ग्स एलेभेन पञ्जाबविरुद्धको खेलमा वाट्सनले सन्न्यासबारे कुरा गरेका थिए ।  

वाट्सनले अन्तर्राष्ट्रिय क्रिकेटबाट भने सन् २०१६ मा नै सन्न्यास लिएका थिए । वाट्सनले सन् २०१८ मा चेन्नईलाई आईपीएलको उपाधि जिताउन फाइनलमा शतकीय पारी खेलेका थिए । 

यस संस्करणमा वाट्सन चल्न नसके पनि उनले आईपीएल करियरमा तीन हजार आठ सय ७४ रन बनाउँदै ९२ विकेट पनि लिएका छन् । चेन्नईसँग जोडिनुअघि वाट्सनले राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेङ्ग्लोरबाट पनि खेलिसकेका थिए । उनले सन् २००८ मा आईपीएलको उद्घाटन संस्करणमा रोयल्सलाई उपाधि जिताउन पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए । 

क्रिकेट करियरमा वाट्सनले ५९ टेस्ट, एक सय ९० एकदिवसीय र ५८ टी–२० खेल्दा सन् २००७ र २०१५ मा अस्ट्रेलियाले दुई पटक आईसीसी विश्व कपको उपाधि जित्दा उनी टिमको सदस्य थिए । उनले टेस्टमा तीन हजार सात सय ३१ रन बनाउँदै ७५ विकेट लिएका छन् । त्यस्तै एकदिवसीयमा पाँच हजार सात सय ५७ रन र एक सय ६८ विकेट लिँदै आफ्नो समयको उत्कृष्ट अलराउण्डर बन्दै आफ्नो करियर समाप्त गरे ।   

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया