ट्रम्प भन्छन्, ‘वैध मत मात्र गन्ने हो भने मैले सजिलै जित्छु’

 कात्तिक २१, २०७७ शुक्रबार १३:४३:५० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकाका कैयौँ ठूला टेलिभिजन च्यानलहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावलाई लिएर गर्दै आएको टिप्पणीलाई बीचमै रोकिदिएका छन् । 

अमेरिकी च्यानलहरु– एबीसी, सीबीएस र एनबीसीले ट्रम्पको प्रेस कन्फ्रेन्सको प्रसारण बीचमा रोक्दै राष्ट्रपतिले कैयौँ झुटा बयान दिएको आफ्ना दर्शकहरुलाई बताएका छन् । 

राष्ट्रपति ट्रम्पले ‘पोस्टल मत’ लाई ‘फ्रड’ अर्थात् अवैध ठहर गरेको संवाददाताहरुले बताएका छन् । 

मतदान हुनुअघि नै ट्रम्पले आफ्ना समर्थकहरुलाई पोस्टल मत नभइ आफै गएर मतदान गर्न आग्रह गरेका थिए । 

उता जो बाइडेनले आफ्ना समर्थकहरुसँग कोरोना महामारीका बीच धेरै भन्दा धेरै सङ्ख्यामा पोस्टल मत खसाल्न आग्रह गरेका थिए । 

राष्ट्रपति ट्रम्पले शुक्रबार फेरि एक पटक विना कुनै प्रमाण वैध मत मात्र गन्ने हो भने चुनाव आफूले जित्ने बताएका थिए । 

राष्ट्रपतीय चुनावमा दुई महत्त्वपूर्ण राज्य– जर्जिया र पेन्सेलभेनियामा पोस्टल मतको गणना भइरहँदा आफ्नो अग्रता घट्दै गरेको देखेपछि ट्रम्पले यस्तो आरोप लगाएका हुन् ।

विश्लेषकहरुले भने यो दाबीमा कुनै आधार नभएको बताएका छन् । अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुका अनुसार अमेरिकामा भइरहेको चुनाव राम्रोसँग सम्पन्न भइरहेको बताएका छन् । 

यसैबीच राष्ट्रपति ट्रम्पका समर्थकहरुले कैयौँ राज्यमा कानुनी लडाइँका लागि करोडौँ डलर जुटाउन सुरु गरेका छन् । 

अहिले विभिन्न राज्यमा मतगणना भइरहँदा बाइडेनले अग्रता बनाइरहेका छन् ।  

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया