न्युकासललाई हराएर साउथह्याम्पटन प्रिमियर लिगको शीर्ष स्थानमा

 कात्तिक २२, २०७७ शनिबार १२:३७:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - साउथह्याम्पटन इङ्ग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । 

राति भएको खेलमा न्युकासल युनाइटेडलाई २-० ले हराएर साउथह्याम्पटन शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा साउथह्याम्पटनका चे एडम्स र स्टुवार्ट आम्स्ट्रोङले एक/एक गोल गरे । 

यस जितसँगै साउथह्याम्पटनले ८ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको हो । साउथह्याम्पटन सन् १९८८ पछि पहिलो पटक लिगको शीर्ष स्थानमा उक्लिएको हो । न्युकासल ८ खेलमा ११ अंक जोडेर ११ औं स्थानमा रहेको छ । 

राति नै भएको खेलमा बर्नली र ब्राइटनले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया