पहिलो टी-ट्वेण्टीमा पाकिस्तानले जिम्बावेलाई ६ विकेटले हरायो

 कात्तिक २२, २०७७ शनिबार २०:१:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

जिम्बावेसँगको पहिलो टी-ट्वेण्टी  क्रिकेट पाकिस्तानले ६ विकेटले हराएको छ ।

पाकिस्तानको लाहोरमा जिम्बावेले दिएको १ सय ५७ रनको लक्ष्य पाकिस्तानले ७ बल बाँकी छँदै ४ विकेट गुमाएर भेटायो । उसका बाबर आजमले ८२, मोहम्मद हाफिजले ३६ फकर जमामले १९ र हैदर अलीले ७ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो उसका लागि विस्ली माधवेरले सर्वाधिक ७० रन बनाए । आजको जितसँगै ३ खेलको श्रृंखलामा पाकिस्तानले १–० को अग्रता बताएको छ । यसअघि भएको एक दिवसीय श्रृंखला पनि पाकिस्तानले जितिसकेको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया