ला लिगामा रियल बेटिसमाथि बार्सिलोनाकाे सहज जित

 कात्तिक २३, २०७७ आइतबार ६:२०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ला लिगा फुटबलमा बार्सिलोनाले रियल बेटिसमाथि सहज जित निकालेको छ ।

गएराति भएको खेलमा बेटिसलाई बार्सिलोनाले ५-२ गोल अन्तरले हराएको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई गोल गरे । खेलको २२ औं मिनेटमा बार्सिलोनाले पाहुना टिम विरुद्ध अग्रता बनायो । उसका लागि डेम्बेलेले गोल गर्न सफल भए ।

ग्रिजमनको पासमा डेम्बेलेले गोल गर्न सफल भए । पहिलो हाफको इन्जुरी समयमा रियल बेटिसले खेल बराबरी गर्न सफल भयो । दोस्रो हाफको अन्तिमसम भने बार्सिलोनाले गोल अन्तर ५–२ बनायो । जितपछि बार्सिलोनाको ६ खेलमा ११ अंक भएको छ । जसका कारण बार्सिलोना आठौं स्थानमा उक्लिएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया