ढाकामा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आजदेखि प्रशिक्षण सुरु गर्ने

 कात्तिक २३, २०७७ आइतबार ९:४१:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि ढाकामा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आजदेखि प्रशिक्षण सुरु गर्ने भएको छ ।

ढाका पुगेपछि गरिएको कोरोना परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएपछि नेपाली टिमले बंगलादेशको स्वास्थ्य मन्त्रालयबाट प्रशिक्षणका लागि स्वीकृति पाएको छ । नेपालले आज शेख जमल धनमुण्डी फुटबल मैदानमा प्रशिक्षण गर्ने भएको छ । नेपाली फुटबल टिमले आज बिहान साढे १० बजेदेखि १२ बजेसम्म प्रशिक्षण गर्नेछ । 

यो मैत्रीपूर्ण खेलका लागि नेपालबाट २५ खेलाडीसहित ३६ जनाको टोली ढाका पुगेको छ । ढाका पुगेको तीन दिनमा नै नेपाली टिमले प्रशिक्षण सुरु गर्ने मौका पाएको हो । प्रशिक्षक बालगोपाल महर्जनको प्रशिक्षणमा रहेको नेपाली फुटबल टिमले ढाका पुगेपछि दुई दिनको आइसोलेशनमा समय बिताएको थियो । 

नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल नोभेम्बर १३ अर्थात् कात्तिक २८ तथा दोस्रो नोभेम्बर १७ अर्थात मंसिर २ गते बंगबन्धु स्टेडियममा हुनेछ ।
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया