आईपीएलको दोस्रो क्वालिफायरमा आज दिल्ली र हैदराबाद खेल्ने : जित्ने टोली फाइनलमा

 कात्तिक २३, २०७७ आइतबार १०:५७:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद खेल्ने भएका छन् ।

खेल बेलुका पौने ८ बजे यूएईको आबुधाबीमा सुरु हुनेछ । आजको खेलको विजेता फाइनलमा पुग्नेछ । पराजित हुने टोली बाहिरिने छ । दोस्रो क्वालिफायर विजेता टिमले फाइनलमा उपाधिका लागि साविक विजेता मुम्बईको सामना गर्नेछ ।

पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्ससँग ५७ रनले पराजित हुँदा फाइनलमा पुग्ने अवसर गुमाएको दिल्ली हैदराबादलाई हराउँदै पहिलो पटक फाइनलमा पुग्ने लक्ष्यका साथ मैदान उत्रनेछ । हैदराबाद पनि दिल्लीलाई हराउँदै तेस्रो पटक फाइनलमा पुग्ने लक्ष्यमा छ ।

इलिमिनेटरमा रोयल च्यालेन्जर्स बेङ्ग्लाेरलाई हराएको हैदराबाद पछिल्लो चार खेलमा लगातार विजयी भएको छ । पछिल्ला ६ खेलमध्ये ५ खेलमा दिल्ली पराजित भएको छ । आईपीएलका १३ औं संस्करणमध्ये दिल्ली अहिलेसम्म फाइनल पुग्न सकेको छैन । दिल्ली आजको खेलमा विजयी भए पहिलो पटक फाइनलमा पुग्ने इतिहास बनाउनेछ ।

आईपीएलको फाइनल खेल नोभेम्बर १० अर्थात् पर्सि बेलुका हुनेछ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया