बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टिमले ढाकामा यसरी गर्दैछ अभ्यास

 कात्तिक २३, २०७७ आइतबार १७:५१:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि ढाका पुगेको नेपाली राष्ट्रिय फुटबल टिमका सबै खेलाडीको कोरोना रिपोर्ट शनिबार नेगेटिभ आएपछि अभ्यास सुरु भएको छ । नेपाली टोलीले आइतबार मैदानमा अभ्यास गरेको छ ।

गोलकीपर किरण चेम्जोङलाई कप्तानी जिम्मा दिइएको नेपाली फुटबल टोली बिहीबार बङ्गलादेश प्रस्थान गरेको थियाे । नेपालले पहिलो मैत्रीपूर्ण खेल कात्तिक २८ गते र दोस्रो खेल मङ्सिर २ गते खेल्नेछ । 

लामो समयपछि मैदान फर्किएको नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि बङ्गलादेश जाँदै गर्दा निकै उत्साहित देखिएको थियाे ।

नेपाली टोलीले ढाकामा गरेको अभ्यास खेलका केही तस्बिरहरू –  

तस्बिर : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)  

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया