भारतीय पत्रकार अर्नब गाेस्वामीलाई जमानत दिन अदालतद्वारा अस्वीकार

 कात्तिक २४, २०७७ सोमबार १८:२४:१६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतीय पत्रकार अर्नब गोस्वामीलाई मुम्बई उच्च अदालतले जमानत दिन अस्वीकार गरेको छ ।  

अर्नबलाई रायगढ प्रहरीले आत्महत्याको लागि उक्साएको आरोपमा गिरफ्तार गरेको हो । उनी अहिले १४ दिनको न्यायिक हिरासतमा छन् । 

मुम्बई उच्च अदालतले आफ्नो फैसलामा भनेको छ– अनर्बले चाहेको अवस्थामा न्यायालयमा जमानतको लागि आग्रह गर्न सक्नेछन् ।

अर्नबको जमानतलाई लिएर सम्बन्धित न्यायालयलाई चार दिनभित्र निर्णय लिने निर्देशन दिएको उच्च अदालतले बताएको छ ।  

अर्नब गोस्वामीले हिरासतमा रहँदा आफूमाथि कुटपिट भएको र दुर्व्यवहार गरिएको आरोप लगाएका छन् ।  

अलीबागका ५३ वर्षीय इन्टेरियर डिजाइनरलाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा भारतीय टेलिभिजन रिपब्ल्कि टीभीका संस्थापक तथा प्रधानसम्पादक गोस्वामीलाई बुधबार पक्राउ गरिएको थियो । 

डिजाइनर अन्वय नाइकले आत्महत्या गर्नुपूर्व लेखेको सुसाइड नोटमा आफूले पाउनुपर्ने पाँच करोड ४० लाख नपाएकोले आत्महत्या गर्नुपरेको लेखेको सञ्चारमाध्मयले बताएका छन् ।  

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया