जिम्बाब्वेसँगको टी–२० शृङ्खला पाकिस्तानद्वारा क्लिन स्वीप

 कात्तिक २५, २०७७ मंगलबार १९:३४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – जिम्बाब्वेसँगको टी–२० शृङ्खला पाकिस्तानले क्लिन स्वीप गरेको छ । मङ्गलबार भएको तेस्रो तथा अन्तिम खेल आठ विकेटले जितेसँगै पाकिस्तानले शृङ्खला क्लिन स्वीप गरेको हो । 

रावलपिन्डीमा जिम्बाब्वेले दिएको एक सय ३० रनको सामान्य लक्ष्य पाकिस्तानले १५ ओभर २ बलमा मात्रै दुई विकेट गुमाएर भेट्यो । पाकिस्तानका लागि फखर जमाम २१ र हैदर अली २७ रन बनाएर आउट हुँदा अब्दुल्लाह सफिक ४१ र खुददिल साह ३६ रनमा अविजित रहे । 

यसअघि पहिले ब्याटिङ गरेको जिम्बाब्वेले २० ओभरमा नौ विकेट गुमाएर एक सय २९ रन बनायो । जिम्बाब्वेका लागि चमु चिभाभाले सर्वाधिक ३१ रन बनाए । पाकिस्तानका उस्मान क्वदिरले चार विकेट लिए । 

यी दुई देशबीच भएको तीन खेलको एकदिवसीय शृङ्खला पनि पाकिस्तानले जितेको थियो ।  

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया