आईपीएल २०२० फाइनल : मुम्बईसँगकाे खेलमा दिल्ली ब्याटिङ गर्दै

 कात्तिक २५, २०७७ मंगलबार १९:४८:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटकाे फाइनल खेलमा अहिले मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स खेलिरहेका छन् । 

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भइरहेकाे खेलमा टस जितेकाे दिल्लीले पहिले ब्याटिङ गरिरहेकाे छ । 

मुम्बईले अहिलेसम्म चार पटक उपाधि जितिसकेकाे छ भने दिल्ली भने उपाधिविहीन छ, दिल्ली पहिलाे पटक फाइलनमा पुगेकाे हाे । 

यसैबीच नेपालका लेग स्पिनर दिल्लीमा आबद्ध भए पनि यस संस्करणमा उनले एक पटक पनि माैका पाएनन् ।

यस्तो छ दिल्लीको प्लेइङ ११ : शिखर धवन, अजिन्क्या रहाणे, श्रेयस अय्यर, रिषभ पन्त, शिमरोन हेटमायर, मार्कस स्टोइनिस, अक्षर पटेल, रविचन्द्रन अश्विन, प्रवीन दुबे, कागिसो रबाडा र एनरिच नोर्त्जे । 

यस्तो छ मुम्बईको प्लेइङ ११ : रोहित शर्मा, क्विन्टन डी कक, सूर्यकुमार यादव, इशान किशन, हार्दिक पाण्डेया, कायरन पोलार्ड, क्रुनल पाण्डेया, नाथन कल्टर नायल, जयन्त यादव, ट्रेन्ट बोल्ट र जसप्रित बुमराह ।   

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया