प्रधानमन्त्री ओली बहुचर्चित अरुण तेस्राे आयाेजना स्थलमा

 कात्तिक २६, २०७७ बुधबार १४:५५:२६ | नवीन गुरुङ
unn.prixa.net

मकालु गाउँपालिका ५ काे फ्यासिक्सन्दामा रहेकाे अरुण तेस्रो ड्याम स्थलमा प्रधानमन्त्री ओली । तस्बिर : नवीन गुरुङ, उज्यालो

सङ्खुवासभा – विभिन्न आयोजना तथा सीमा नाकाको अनुगमनका लागि सङ्खुवासभा आउनुभएका प्रधानमन्त्री केपी शर्मा ओली बहुचर्चित अरुण तेस्राे आयोजना स्थलमा पुग्नुभएको छ ।

प्रधानमन्त्री ओली चीनसँगको सीमा क्षत्रको किमाथाङ्का नाका, नेपाल, भारत र चीन जोडिने सडक कोशी करिडोर र सीमा सुरक्षा पोष्ट (बीओपी) को अनुगमनपछि अरुण तेस्राेकाे आयोजना स्थल पुग्नुभएको हो ।

२०७४ वैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्रीले संयुक्तरुपमा अरुण तेस्रोको शिलान्यास गर्नुभएको थियो । भोटखोला गाउँपालिकाको च्याम्ताङमा हेलिकप्टर अवतरण गरेर कोशी करिडोरको अवलोकन गर्ने भनिए पनि हेलिकप्टर बस्न समस्या भएपछि उहाँले हेलिकप्टरबाट नै अनुगमन गर्नुभएको हो ।

अरुण तेस्राे आयोजनास्थलको प्रगतिबारे जानकारी लिएर प्रधानमन्त्री ओली केही बेरमा काठमाण्डौ फर्कनुहुने सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताउनुभयो । 

प्रधानमन्त्री ओलीसँगै उहाँकी श्रीमती राधिका शाक्य, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, राष्ट्रिय सभा विधायन व्यवस्थापन समितिका सभापति परशुराममेघी गुरुङ र सङ्खुवासभाका सङ्घीय सांसद राजेन्द्र गौतम, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलगायत सङ्खुवासभा पुग्नुभएको हो ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया