दाताको भरमा हुँदै आएको गैंडा गणना यस वर्ष नहुने, अर्को वर्षक...
चैत १, २०८१ शुक्रबार
काठमाडौं - सुनको माग बढेसँगै अभाव पनि बढेको छ । चाडपर्व नजिकिएसँगै अहिले सुनको माग ह्वात्तै बढेको छ । अहिले दैनिक ४० किलो भन्दा बढी सुनको माग हुने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तर माग बढे पनि आपूर्ति नबढ्दा सुनको कारोबार नै प्रभावित भएको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार सुनको अभावले गर्दा गएको हप्तादेखि नै अर्डर लिन सकिएको छैन । सुनको भाउ घट्नु र तीज नजिकिनु सँगै भएकाले सुनको माग बढेको हो ।
तर बजारमा अहिले मागभन्दा १५ प्रतिशत सुनको अभाव भएको छ । यसले गर्दा माग अनुसार गहना बनाउन नसकिएको शाक्यले बताउनुभयो । २५ प्रतिशत ग्राहकले पुरानै सुनलाई फेरि नयाँ डिजाइन अनुसार गहना बनाउने गरेका छन् । यति गर्दा पनि बजारमा सुनको माग धान्न सकिएको छैन ।
अहिले सुन व्यवसायीले बैंकमार्फत दैनिक १५ देखि २० किलो सुन आपूर्ति गरिरहेका छन् । अफ सिजनमा यति आपूर्तिले धाने पनि सिजनका बेला अभाव हुने गरेको छ । व्यवसायीले माग र आपूर्तिमा तालमेल नमिलेको भन्दै सुनको कोटा बढाउन माग गरिरहेका छन् ।
तर यसबारे राष्ट्र बैंकले कुनै निर्णय गरेको छैन ।
यो वर्ष लागेपछि महंगिएको सुन अहिले भने सस्तिएको छ । गएको वैशाख महिनामा तोलामा ५९ हजार २ सय रुपैयाँसम्म पुगेको सुनको भाउ साउन महिनाको अन्तिमतिर आइपुग्दा ३ हजार २ सय रुपैयाँले घटेको छ । बजारमा अहिले सुन तोलामा ५६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।