फिफा विश्वकप छनोटमा अर्जेन्टिना र पाराग्वेको खेल बराबरीमा

 कात्तिक २८, २०७७ शुक्रबार ११:२९:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - फिफा विश्वकप छनोटमा अर्जेन्टिनाले घरेलु मैदानमा पाराग्वेसँग बराबरी खेलेको छ । 

दक्षिण अमेरिकी छनोट अन्तर्गत आज बिहान भएको खेलमा अर्जेन्टिनाले पाराग्वेसँग १–१ गोलको बराबरी खेलेको हो । खेलको २२ औं मिनेटमा पाराग्वेका एन्जल रोमेरोले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, खेलको ४१ औं मिनेटमा निकोलस गोन्जालेजले गोल गर्दै अर्जेन्टिनालाई १–१ गोलको बराबरीमा ल्याउदै हारबाट जोगाए। 

घरेलु मैदानमा अर्जेन्टिनाले पाराग्वेविरुद्ध अन्य गोल गर्न सकेन । बराबरीसँगै छनोटमा अर्जेन्टिनाले ३ खेलमा ७ अंक जोडेको छ । अर्जेन्टिना शीर्ष स्थानमा रहेको छ । पाराग्वे पाँच अंक जोडेर चौंथो स्थानमा रहेको छ । 
विश्वकप छनोट अन्तर्गत नै इक्वेडरले बोलिभियालाई ३–२ गोल अन्तरले पराजित गरेको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया