ओबामाले राहुल गान्धीको बारेमा आफ्नो किताबमा के लेखे ?

 कात्तिक २८, २०७७ शुक्रबार १४:४०:२२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामाले आफ्नो किताबमा भारतका कांग्रेस नेता राहुल गान्धीप्रति टिप्पणी गरेका छन् । ओबामाले आफ्नो किताबमा राहुल गान्धी आफ्नो शिक्षकलाई प्रभावित गर्न चाहने तर ‘विषयमा दक्ष’ बन्नको लागि इच्छा वा योग्यताको कमी भएको एक ‘नर्भस’ (आशङ्कित) र तयारी गरिरहेको छात्र’ भएको बताएका छन् । 

ओबामाले आफ्नो कार्यकालको संस्मरणमा लेखेका किताब ‘अ प्रमिस्ट ल्याण्ड’ (प्रतिज्ञा गरिएको जमिन) मा कांग्रेस नेता सोनिया गान्धी र भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको नाम पनि उल्लेख गरेका छन् । 

अमेरिकी अखबार न्युयोर्क टाइम्सले आउँदो हप्ता जारी हुने ओबामाको किताबको समीक्षा लेखेको छ । 

ओबामाले आफ्नो पुस्तकमा पूर्वप्रधानमन्त्री मनमोहन सिंहबारे उल्लेख गर्दै उनमा एक किसिमको ‘प्रभावित पार्ने इमानदारिता’ भएको लेखेका छन् । 

सात सय ६८ पृष्ठको उनको संस्मरण उनको राजनीतिमा प्रवेश र शिखरसम्म पुगेको यात्रामा आधारित छ । 

बराक ओबामाले यसअघि कैयौँ किताब लेखिसकेका छन्, जसमा ‘ड्रिम्स फ्रम माइ फादर’,  ‘द अडासिटी अफ होप’ र ‘चेन्ज वी क्यान विलिभ इन’ सामेल छन् ।

ओबामाको टिप्पणीलाई लिएर कांग्रेसले एक/दुई भेटलाई लिएर कसैको क्षमता आँकलन गर्न मुस्किल हुने बताएको छ ।  

कांग्रेस नेता तथा पूर्व केन्द्रीय मन्त्री तारिक अनवरले बराक ओबामाकाे नयाँ किताबमा राहुल गान्धीकाे बारेमा गरिएकाे टिप्पणीप्रति प्रतिक्रिया दिँदै भनेका छन्, 'ओबामा और राहुल गान्धीकाे भेट निकै कम भएकाे छ, त्याे पनि आठ/दश वर्ष पहिले, जब उनी अमेरिकी राष्ट्रपतिकाे रुपमा भारत आएका थिए । र एक/दुई भेटकाे आधारमा कसैकाे क्षमताकाे आँकलन गर्न मुस्किल हुन्छ । 

समाचार एजेन्सी एएनआईसँगकाे कुराकानीमा अनवरले भने, 'त्याे बेलादेखि राहुल गान्धीले निकै उपलब्धि हासिल गरेका छन् र अहिलेकाे राहुल गान्धीमा निकै अन्तर आइसकेकाे छ ।'  

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया