सकारात्मक मनस्थिति

 कात्तिक २९, २०७७ शनिबार १६:३९:५९ | संगीता गिरी दास
unn.prixa.net

प्रतिकात्मक तस्बिर

कविता

महामारीको प्रकोपले अस्तव्यस्त बनायो यो ईसं. २०२० साल
छोडेन यसले कसैलाई पनि हरेक क्षेत्रलाई पार्‍यो बेहाल ।।

सिकायो यसले मानवजाति एवं विश्व जगतलाई ठूलो पाठ 
हरेक दिन युद्ध हो अनि यसलाई जित्न चाहिन्छ दरिलो आँट । 

गुमाए हामीमध्ये कैयौँले आफ्ना र वरिपरिकाहरूको साथ
आज हरेक क्षण हरेक दिन बन्दैछन् कोही न कोही अनाथ । 

त्राहि त्राहि व्याप्त छ, यस महामारीले गर्दा सम्पूर्ण जगतमा 
तैपनि हार नमानी बढ्नु छ, हामीहरूले आफ्नो लक्ष्यमा । 

असीम माया र सद्भाव बर्साउनु छ, एकआपसमा हरेकले 
निश्चित आचार संहिता अपनाएर मात्र कार्य गर्नुपर्छ अहिले। 

अवश्य पार गर्न सकिन्छ यस कहालीलाग्दो कठिन परिस्थिति 
संयमता कायम राखेर, साथै बोकेर सकारात्मक मनस्थिति । ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

संगीता गिरी दास

लेखिका ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिमा जीविका विज्ञ हुनुहुन्छ ।

2 Comments

  • Sangita

    Nov. 15, 2020, 10:45 a.m.

    Thank you 😊

  •  0 Reply
  • Ojaswee Das

    Nov. 15, 2020, 10:42 a.m.

    Wonderful poem! Atti Sundar !!

  •  0 Reply

तपाईको प्रतिक्रिया