नेपाल विश्वकै सुन्दर देश : कतारका राजकुमार

 कात्तिक २९, २०७७ शनिबार १८:१२:२० | रासस
unn.prixa.net

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आमादब्लम हिमालको आरोहण गरी स्वदेश फर्किन लाग्नुभएका कतारका राजकुमार शेख मोहम्मद विल अब्दुल्लालाई बधाई तथा सम्मान गर्नुभएको छ ।

शनिबार आयोजित कार्यक्रममा मन्त्री भट्टराईले कोभिड–१९ महामारीबीच राजकुमार अब्दुल्लाले हिमाल आरोहण गरी नेपालको पर्यटन क्षेत्रमा उत्साह जगाउनुभएकामा कृतज्ञता व्यक्त गर्दै राजकुमारसहितको आरोही टोलीलाई मायाको चिनो प्रदान गरी बधाई दिनुभयाे । उहाँले पर्यटकीय गतिविधि क्रमशः चलायमान हुँदै गएकाले अब छिट्टै नेपालको पर्यटन पुरानै लयमा फर्किने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री भट्टराईले भन्नुभयो, 'दुई विशिष्ट व्यक्तिको हिमाल आरोहणले नेपालको पर्यटन क्षेत्रमा उत्साह जगाएको छ । यो असाध्यै खुसीको कुरा हो । अब बिस्तारै नेपालको पर्यटन पुरानै लयमा फर्किँदैछ, त्यसैले विदेशी पाहुनालाई स्वास्थ्य मापदण्ड पालना गरी नेपाल भ्रमणमा आउन आग्रह गर्दछु ।'

राजकुमारसहित १३ सदस्यीय टोलीले यही कात्तिक २६ गते बिहान ११ः२० बजे ६ हजार ८१४ मिटर अग्लो आमादब्लमको सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ । त्याे आरोहण आमादब्लम हिमालमा शरद ऋतुको पहिलो थियो ।

राजकुमारसहितको आरोही टोलीमा ६ आरोही सदस्य थिए । त्यसमा केही अमेरिकी र क्यानडाली पनि सहभागी थिए । त्यस आरोहणमा म्यारेट मेडिसिनको नेतृत्वमा ६ विदेशी र आठ नेपाली सहभागी थिए ।

सन् २००९ देखि नेपाल आउन थाल्नुभएका राजकुमार अब्दुल्लाको यो आठौँ भ्रमण हो । सन् २०१३ मा सगरमाथा आरोहण गर्नुभएका उहाँ तीन पटक त्यस हिमालको आधार शिविर पुग्नुभएको थियो । नेपालका अन्य पर्यटकीय गन्तव्यको स्वाद लिनुभएका अब्दुल्लाले नेपालको प्राकृतिक सुन्दरता र आतिथ्य सत्कारबाट आफू प्रभावित रहेको जनाउँदै नेपाल विश्वकै सुन्दर देश भएकाले फेरि पनि नेपाल आउने चाहना प्रकट गर्नुभयो ।

उहाँ आइतबार स्वदेश फर्कने जनाइएको छ । यसअघि बहराइनका राजकुमार नासिर बिन हामिद अल खलिफासहितको रोयल फोर्सको टोली आठ हजार १६३ मिटरको मनास्लु हिमाल चढेर कात्तिक पहिलो हप्ता स्वदेश फर्किएको थियो । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Dinesh

    Nov. 15, 2020, 11:26 a.m.

    देश राम्रो भएर के गरर्नु नेता चुतिया भए पछि ।

  •  0 Reply

तपाईको प्रतिक्रिया