बङ्गलादेशसँगकाे दाेस्राे खेलका लागि नेपाल प्रशिक्षणमा व्यस्त

 मंसिर १, २०७७ सोमबार १९:६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टिम बङ्गलादेशसँगको दोस्रो खेलका लागि प्रशिक्षणमा व्यस्त रहेका छन् ।  

पहिलो खेलमा २–० गोल अन्तरले पराजित भएको नेपाली टोली दाेस्रो खेलमा जित्नै पर्ने दबाबका साथ प्रशिक्षणमा जुटेको हो । नेपालले अन्तिम खेलका लागि शेख जमल धनमुण्डी मैदानमा प्रशिक्षण गरेको छ । नेपाली फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले पहिलो खेलमा व्यहोरेको हारलाई मध्यनजर गर्दै प्रशिक्षण थालिएको बताउनुभयो ।

पहिलो खेलमा भएका कमी कमजोरीलाई सच्याउने गरी दोस्रो खेलको तयारीमा आफूहरु रहेको उहाँले बताउनुभयो । कोभिड–१९ का कारण अभ्यासमा पर्याप्त नभएकाले पहिलो खेलमा पराजित हुनुपरेको उहाँले बताउनुभयो ।

खेलाडीहरू पनि दोस्रो खेलका लागि उत्साहित रहेका छन् । टिममा केही नयाँ अनुहार हुनु र कोभिडका कारण पर्याप्त अभ्यास नभएकाले पहिलो खेलमा नतिजा आफ्नो पक्षमा नभएको उनीहरूको भनाइ छ । शनिबार गरिएको कोरोना परीक्षणको रिपोर्ट पनि सबैको नेगेटिभ आएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया