कराँची किङ्ग्सले जित्याे पीएसएल ट्वेन्टी ट्वेन्टी लिगकाे उपाधि

 मंसिर ३, २०७७ बुधबार ६:३१:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कराँची किङ्ग्सले पाकिस्तान सुपर लिग (पीएसएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटको उपाधि जितेको छ ।

कराँचीमा रहेको नेसनल स्टेडियममा गएराति भएको फाइनलमा लाहोर कलान्दर्सलाई ५ विकेटले पराजित गर्दै कराँचीले उपाधि जितेको हो । लाहोरले दिएको १ सय ३५ रनको लक्ष्य कराँचीले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको लाहोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो ।

पहिलो पटक फाइनल पुगेको कराँचीले पहिलो अवसरमै उपाधि जितेको हो ।
 

अन्तिम अपडेट: मंसिर ४, २०७७

तपाईको प्रतिक्रिया