करको दर हैन दायरा बढाउँदै भरतपुर महानगरपालिका
माघ १०, २०७७ शनिबार
काठमाण्डाै – चीनले विकसित गरेको कोरोना भाइरस (काेभिड–१९) विरुद्धको एउटा खोपले 'मध्य चरणमा सफलता पाएको' अनुसन्धानकर्ताले बताएका छन् ।
सिनोभ्याक बायोटेक नामको समूहले तयार पार्दै गरेको खोपले सात सय जना मानिसमा गरिएको परीक्षणका बेला तीव्र रोग प्रतिरोधी प्रतिक्रिया उत्पन्न भएको बीबीसीले जनाएको छ । चीनमा अहिले विभिन्न खोपहरू तयार गरिँदैछ र तीमध्ये केही खोप मानिसहरूलाई लगाइ पनि सकिएको छ ।
अमेरिका तथा युरोपेली देशहरूले खोपमा सफलता पाएको खबरहरू सार्वजनिक भइरहँदा बाँकी विश्वले चीनबारे चासो राखिरहेको थियो । यही बेला चीनले पनि खोपमा पाएको सफलता सार्वजनिक गरेको हो । अमेरिका, जर्मनी र रुसमा विकास गरिएका तीन वटा खोपहरूको दशौँ हजारमा गरिएको परीक्षणमा ९० प्रतिशतभन्दा बढी प्रभावकारी देखिएको बताइएको छ ।
याे पनि पढ्नुहाेस्
![]() |
अमेरिकी कम्पनी माेडेर्ना : काेराेना खाेप झण्डै ९५ प्रतिशत सुरक्षित देखियाे |
![]() |
काेराेना भाइरसकाे खाेपलाई लिएर ठूलाे दाबी : '९० प्रतिशतसम्म प्रभावकारी देखियाे' |
चीनमा महामारी धेरै हदसम्म नियन्त्रणमा आएको बताइरहँदा चीनमा विकास भइरहेका चार वटा खोपहरूको ठूलो स्तरको परीक्षण पाकिस्तान साउदी अरेबिया, रुस, इण्डाेनेसिया र ब्राजिलमा भइरहेको छ । ती खोप ६० हजारभन्दा धेरै मानिसले लगाइसकेकाे बीबीसीले जनाएको छ ।
चीनमा कम्तीमा तीन वटा खोप एउटा आपत्कालीन योजनाअनुसार अत्यावश्यक सेवाका कर्मचारीहरूलाई दिइसकिएको छ भने एउटा खोप गएको जुन महिनामा नै चिनियाँ सेनाका लागि प्रयोग गर्न अनुमति दिइएको थियो ।
एक वर्षअघि पहिलो पटक चीनमा देखा परेको कोरोना भाइरसले अहिलेसम्म विश्वका पाँच करोड ५९ लाख ६७ हजारभन्दा धेरैमा सङ्क्रमण हुँदा १३ लाख ४३ हजार नौ सयभन्दा धेरैको ज्यान गइसकेको छ । तीन करोड ८९ लाख ७७ हजारभन्दा धेरै सङ्क्रमित निको भएका छन् ।
Ramesh Prasad Bhattarai
Nov. 21, 2020, 7:29 p.m.Good news for ud.