नेकपामा ओलीको छुट्टै प्रतिवेदन पेस हुने, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक पनि बस्ने

 मंसिर ३, २०७७ बुधबार १५:३५:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अब बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले छुट्टै राजनीतिक प्रस्ताव पेस गर्नु हुने भएको छ ।

बुधबार बसेको सचिवालय बैठकमा ओलीले छुट्टै प्रतिवेदन पेस गर्ने बताउनुभएको हो । यसअघि गएको शुक्रबार बसेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रस्ताव पेस गर्नुभएको थियो । प्रचण्डको प्रस्तावमा आफूमाथि गम्भीर आरोप लगाएको भन्दै ओली असन्तुष्ट हुनुहुन्छ ।

ओलीले पेस गर्ने प्रस्तावलाई समेत ध्यान दिँदै अबको सचिवालय बैठक १० दिनपछि बस्ने निर्णय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । अब बस्ने सचिवालय बैठकमा ओली र प्रचण्ड दुवैको प्रतिवेदनमाथि छलफल गर्ने तयारी छ । 

यस्तै आउँदो १८ गते स्थायी कमिटी बैठक र २५ गते केन्द्रीय कमिटी बैठक पनि बस्ने भएको छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया