रुस र युक्रेनद्वारा एकअर्कामाथि ड्रोन आक्रमणलाई निरन्तरता
चैत १, २०८१ शुक्रबार
काठमाडौं – सांसद हृदयेश त्रिपाठीले कर विरुद्धको आन्दोलन सुरु भइसकेको भन्दै तत्काल कर वृद्धिको समस्या समाधान नभए संघीयता खतरामा पर्ने चेतावनी दिनुभएको छ ।
स्थानीय सरकारले मनोमानी ढंगले कर लगाउने काम गरिरहेको भन्दै उहाँले त्यसतर्फ तत्काल गम्भीर हुन सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै उहाँले कर वृद्धिको समस्या सम्बोधन समयमै गर्न नसक्ने हो भने त्यसले संघीयतालाई खतरामा पार्ने बताउनुभयो ।
‘स्याङजामा एकजना ज्योतिषलाई २ हजार कर लगाइएको रहेछ’, उहाँले भन्नुभयो, ‘कुखुरा, परेवा जे देख्यो त्यसमा कर लगाइदिने ?, हुँदा हुँदा अब मान्छे माथि कर लगाउने स्थिति आइसक्यो । यस विषयमा सरकार सचेत भएन भने कसै–कसैलाई लागेको होला संघीयतालाई बदनाम गर्नलाई यो पर्याप्त छ । तर संघीयता एक्लै अब घायल हुनेवाला छैन । कर विरुद्धको आन्दोलन सुरु भइसकेको छ । त्यसतर्फ ध्यान दिइएन भने संघीयता एक्लै मात्रै घायल हुनेवाला छैन । अरु चिज पनि घायल हुनेवाला छन् । त्यसकारण सबैले आफ्नो आफ्नो इष्टदेवको फोटो लिएर रुँनुपर्ने अवस्था आउला ।’
मनोमानी ढंगले कर थोपर्ने काम भइरहेको भन्दै उहाँले कर वृद्धिलाई आम नागरिकले चुनावले दिएको उपहार भन्ने बुझ्न थालिसेकेको भन्दै उहाँले तत्काल यो समस्याको समाधान खोज्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले संघीयताको विफलताभन्दा पनि कर प्रणाली र कर शैलीको विफलता भएको भन्दै उहाँले कर वृद्धिको समस्या अबिलम्ब सम्बोधन गर्न सरकारसँग माग गर्नुभयो ।
उहाँले चिनी मिल मालिकहरुको अगाडि सरकार लाचार भएको पनि आरोप लगाउनुभयो । अझै पनि उखु किसानले सरकारद्धारा घोषित मूल्य पाउन नसकेको भन्दै उहाँले एक वर्षदेखि बाँकी रहेको किसानको रकम भुक्तानी गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
साउन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्युनतम समर्थन मूल्यमा परिर्वतन नगरेसम्मका लागि २०७५ जेठ १५ देखि लागू हुने गरी उखु उत्पादक किसानहरुलाई प्रति क्वीन्टल ६० रुपैयाँ अनुदान दिने निर्णय गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Suresh Ghimire
Aug. 13, 2018, 9 p.m.कर लगाउने अथवा बढाउने जनप्रतिनिधिलाई पाल्नको लागी मात्र हो भने बिकास केले गर्ने? हामी जनता दोहोरो मारमा आखिर कहिले सम्म??
Suresh Ghimire
Aug. 13, 2018, 8:59 p.m.कर लगाउने अथवा बढाउने जनप्रतिनिधिलाई पाल्नको लागी मात्र हो भने बिकास केले गर्ने? हामी जनता दोहोरो मारमा आखिर कहिले सम्म??
Rameshmalla
Aug. 13, 2018, 6:28 p.m.मलाई त लाग्छ यो संघियता बिफल बनाउनका लागि नानाथरीका काम भइरहेका छन जस्तो लाग्छ /
जनक मान डंगोल
Aug. 13, 2018, 5:22 p.m.देसको माटो सुहाउँदो पंचायती शासन र राजा फालेसी सयौं राजा र भारदारहरु देखि तिनका हनुमानहरुको पालन पोषण गर्न कर लगाउनु परेन त !
uttam kumar shrestha
Aug. 13, 2018, 3:34 p.m.कर लगाउनैपर्छ / कर बिना विकाश कसरी सम्भव छ ? म कुनै पार्टी बिशेषको होइन , हरेक व्यवसायीलाई कर लगाउनु जरुरी छ/ साथै कर सहि ढंगले संकलन गर्न सके अवस्य अर्थतन्त्र मजबुत हुन्छ, तर ती उठेका कर उपयुक्त ठाउँमा लगानी भइ लाखौँ विदेशिएका युवाहरुलाई रोजगार गर्न सरकारले कदम चालोस्/